१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्माणाधिन अन्तराष्ट्रिय गौतमबुद्ध बिमानस्थलको काम अबरुद्ध



भुवन पाण्डे, ४ पुस ।
भैरहवामा निर्माणाधिन अन्तराष्ट्रिय गौतमबुद्ध बिमानस्थलको मुआब्जा बितरणमा लापर्रवाही गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् । क्रम संख्याको आधारमा मुआब्जा नदिई पैसा र पाँैचमा बितरण गरेको भन्दै स्थानीयले आयोजनाको निर्माणको काम अवरुद्ध गरेका हुन् । स्थानीयले बिमानस्थलको एक नम्बर गेटमा ताला लगाइदिएका छन् । अवरोध पछि बिमानस्थलको रनवेको काम रोकिएको छ । मुआब्जा बितरणमा सुधार नहुँदासम्म काममा अवरोध गर्ने सिद्धार्थनगर नगरपालिका दशका स्थानीय सुर्जेमन यादवले बताउनुभयो । चार, पाँच प्रतिशत कमिसनमा मुआब्जाको काम चाँडै गरिदिने भन्दै प्रत्येक दिन बिचौलीयाहरु आउने गरेको स्थानीयले बताए ।
सबै कार्यालयसँग मेरो सेटिङ्ग छ, पाँच प्रतिशत कमिशन दिए तपाईको काम दुई दिनमै गरिदिन्छु भन्दै दलालहरु आउने गरेको स्थानीय रबिकान्त उपाध्यायले बताउनुभयो । दुई वर्ष देखि घरजग्गा रोक्का हुँदा आफ्नो जिविको चलाउन समेत अप्ठ्यारो परेको स्थानीयको गुनासो छ । यता बिमानस्थल आयोजनाले भने नापी र मालपोत कार्यालयमा जनशक्तिको अभावले काममा ढिलाई भएको जनाएको छ ।
जनप्र्रतिधि तथा कार्यालयको सिफारिसमा बिशेष परिस्थितिमा पछि नम्बर परेकाको अगाडि मुआब्जा दिने गरेको आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । अहिलेसम्म चार सय जनाले साढे तीन अरब बराबरको मुआब्जा पाएका छन् ।
अधिग्रहण गरेको पाँच सय बिगाहामा अब चार सय ३० बिगाहाको मुआब्जा दिन बाँकी छ । दुई हजार घर परिवार रहेको अधिग्रहण क्षेत्रमा मुआब्जा बितरणमा २३ अरब बढी लाग्ने निर्माणधिन अन्तराष्ट्रिय गौतमबुद्ध बिमानस्थल आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  २ : ५४ बजे