१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गुजरातमा भाजपाको बिरासत कायम, हिमाचलमा कांग्रेसलाई धक्का



भारत, ४ पुस ।
भारतको गुजरात र हिमाचल राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले वर्चश्व कायम गरेको छ । कांग्रेस आईलाई अधिकांश स्थानमा रोक्दै भाजपाले दुवै राज्यमा स्पस्ट बहमत हासिल गरेको हो ।
गुजरात भाजपा प्रभावित क्षेत्र हो भने हिमाचलमा वर्षौंदेखि कांग्रेस सरकार रहँदै आएको थियो । तर, भाजपाले गुजरातको बिरासत जोगाउँदै हिमाचलको कांग्रेस प्रभावलाई यसपटक भत्काएको छ ।
सोमबार सम्पन्न अन्तिम मत परिणाम अनुसार, गुजरात विधानसभामा कांग्रेसले कूल १ सय ८२ सिटमध्ये ९९ स्थानमा जित निकालेको छ । सन् २०१२ मा भएको निर्वाचनभन्दा बिजेपीले १६ सिट कम स्थानमा जित दर्ता गराएको हो ।
७९ स्थानको परिणाम कांग्रेस आईको पक्षमा परेको छ भने ४ स्थानमा अन्य दल निर्वा्चित भएका छन् । गुजरातमा बहुमत सरकार निर्माणका लागि ९२ सिट आवश्यक पर्छ । भाजपाले बहुमत सरकारका लागि आवश्यक सिटभन्दा ७ सिट बढी जितेकाले उसलाई छैटौंपटक सरकार निर्माणका लागि बाटो खुलेको छ ।
हिमाचल प्रदेशमा भएको चुनावमा कांग्रेस आईलाई धक्का लागेको छ । सोमवार सार्वजनिक नतिजा अनुसार, भाजपाले ४४ र कांग्रेसले २१ सिटमा जित हासिल गरेका छन् । योसँगै भारतको १९ राज्यमा भाजपाको सरकार हुने भएको छ । भाजपाका मुख्यमन्त्रीका दावेदार प्रेमकुमार धुमलले चुनाव हारेका छन् । मुख्यमन्त्री वीरभद्र सिंह र उनका छोरा विक्रमादित्यले जितेका छन् । हिमाचलमा भाजपाले ४८.८ र कांग्रेसले ४१.७ प्रतिशत भोट बटुलेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको पक्षमा आएको चुनावी परिणामलाई विकासको जित भनेका छन् । कांग्रेस नेता राहुल गान्धीले ट्वीट गर्दै हार स्वीकारेका छन् ।
गुजरातको १८२ सिटका लागि डिसेम्बर ९ र १४ मा चुनाव भएको थियो भने हिमाचालमा ९ नोभेम्बरमा मतदान भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  ४ : २९ बजे