१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हस्पिटलको लापर्वाहीले विरामीको मृत्यू



शिवलाल सुवेदी, गुल्मी ५ पुस ।
रेसुङ्गा हस्पिटलकोे लापर्वाहीले बुधवार राती तम्घासमा एक विरामीको ज्यान गएको छ । दातँको उपचार गर्न रेसुङ्गा अस्पताल पुगेका जिल्ल्लाको मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्यालको डाक्टरहरुको लापर्वाहीले ज्यान गएको हो । रेसुङ्गा अस्पत्तालमा दाँतको उपचार गर्न पुगेका ५३ वर्षिय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा डाक्टरहरुले ध्यान नदिदाँ बुधवार राती मृत्यू भएको हो ।
सामान्य दाँत दुखेर रेसुङ्गा अस्पत्ताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उनको होस नफर्केको मृतकका आफन्तहरुले बताएका छन । ‘दाँत दुखेर मगंलवार दिउँसो २ बजे रेसुङ्गा अस्पताल पु¥याएका थियौ आफन्त हरि केसीले भने‘अस्पत्ताल पुगेपछि अप्रेसन गरेर पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उहाँ फर्कनुभएन ।’ डक्टरको लापर्वाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप रहेको छ । ‘तपाइँहरुले सक्नुहुन्न भने हामी बाहिर लैजान्छौँ भनेको हो, तर यहाँ हुन्छ भनेर उपचार गरेका हुन’ अर्का आफन्त बुद्धि गौतमले भने ‘ईन्फेक्सन भएकोलाई कम्तिमा २४ घण्टा एण्टीबायोटिक दिएपछि मात्र चिरफार गर्नुपर्नेमा त्यो नगरेर डाक्टरले लापर्वाही गरे ।’
अर्यालको मृत्यू पछि उनका २१ वर्षिय छोरा अस्पत्तालमै बेहोस छन् । डाक्टरको लापर्वाहीको कारण मृत्यू भएको भन्दै आफन्तहरुले शव उठाउन मानेका छैनन । ‘अस्पत्तालको लापर्वाही देखिएपछि अहिले हामीले शव छुने कुरा हुँदैन मालिका ६ का वडा अध्यक्ष शोभाखर गिरीले भने‘ परिवार अस्पताल प्रसाशन र डाक्टरहरुको छलफलपछि मात्र शव उठाउने हो ।’ उनका अनुसार अस्पताल सञ्चालक समितीले डाक्टरहरुको लापर्वाहीका कारण नै विरामीको मृत्यु भएको राती नै स्वीकार गरेको भएपनि बुधवार बिहान छलफल पछि सवै वाहिर आउने बताए । विरामीको मृत्युपछि बुधवार रातभर नै रेसुङ्गा अस्पताल तनावग्रस्त बनेको थियो । अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  २ : ५५ बजे