२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

प्रचार प्रसारको अभावमा ‘बगनास क्षेत्र’ ओझेलमा



पाल्पा, ८ पुस । (रासस)
पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानीको ऐतिहासिक स्थल ‘बगनास क्षेत्र’ ओझेलमा परेको छ ।
प्रचारप्रसारको अभाव, स्थानीयको पहलकदामी हुन नसक्नु र आवश्यक पूर्वाधार नबन्दा पाल्पा सदरमुकाम तानसेनबाट नजिकै रहेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय बगनास क्षेत्र ओझेलमा परेको हो ।

समुद्री सतहदेखि एक हजार ४७० मिटर उचाइमा रहेको बगनास डाँडाबाट सूर्योदय अवलोकन गर्न सकिन्छ । सूर्योदयदेखि प्राकृतिक मनोरम दृश्यको सहज अवलोकन गर्न सकिने भएकाले पर्यटकीय गन्तव्य हुने सम्भावना बोकेको त्यस क्षेत्रमा पूर्वाधारको विकास हुन सकेको छैन ।

मानिसहरु सूर्योदय अवलोकन गर्न विशेष चाहना राख्नेहरु सूर्योदय हुनु अघि नै त्यहाँ पुग्ने गर्दछन् । गर्मीको समयमा शितल हुने भएकाले मानिसहरु गर्मी छल्न त्यहाँ पुग्ने र प्रकृतिसँग सामिप्यको लाभ लिन केन्द्रित हुन्छन् ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  ३ : ०४ बजे