२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

गुल्मेली कलाकारको सडक दुर्घटनामा निधन



गुल्मी, १३ पुस ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार विना थापाको बुधबार सडक दुर्घटनामा परी ज्यान गएको छ ।
दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले ठक्कर दिँदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ वर्षीया विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा वीर अस्पतालमा पुर्याएलगत्तै मृत्यु भएको थियो ।
थापा स्टेज प्रोग्राम तताउने नृत्याङक र मोडलिङ्गका लागि स्थापित चलेकी कलाकार हुनुहुन्थ्यो । उहाले रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गर्नु भएको थियो । उहाले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदैछ । पिरतीको डोरी, शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुग्नु भएको छ ।
विना पृथ्वी माध्यामिक विद्यालय मैदनामा एसएलसी पास पछि उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ गएपछि कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७४ बिहिबार ००:००  १२ : २८ बजे