२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

उपचाररत वडा अध्यक्ष चौहानको निधन



नविन केसी, अर्घाखाँची, १४ पुस ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको मृत्यु भएको छ । उनी गत मंसिर २७ गते अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
मोटरसाइकलमा सवार उनलाई दुधबोक्ने गाडीले ठक्कर दिएको थियो । बुटवलमा उपचार हुन नसकेपछि चौहानलाई तत्काल भरतपुर मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा विहीबार चौहानको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वडाध्यक्षमा विजयी भएका चौहान खनदहमा विकासप्रेमी नेताको रुपमा चिनिन्थे । उनी एमाले जिल्ला सचिवालय सदस्य समेत थिए । छोरा दुर्घटनामा परेको खबरले बेहोस भएका ८० वर्षीय बावु तकबहादुरको मंसिर २८ गते मृत्यु भएको थियो । उनका दुई छोरा, दुई छोरी र एक श्रीमती छन् ।
चौहानको निधनले जिल्ला यतिबेला शोकमा डुबेको छ । अर्घाखाँची जिल्लाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, प्रदेशसभा सदस्यहरु चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरेले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  १ : १४ बजे