१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

शान्ति समाज दाङ शाखा देशभरकै उत्कृष्ट



शरद रेग्मी, काठमाडौं, १५ पुस ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखा देशभरिका शाखाहरु मध्ये उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ ।
समाजको रौतहटको चन्द्र निगाहपुरमा शुक्रबारदेखि सुरु भएको २० औ राष्ट्रिय परिषद बैठकमा शान्ति समाज दाङ शाखा फेरिपनि देशभरकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो ।
दाङ शाखाका हरेक गतिविधि हरु अरुभन्दा शसक्त र निरन्तर मानबअधिकारको क्षेत्रमा क्रियाशिल रहेको भन्दै यश पटक पनि दाङ शाखाले गरेका कार्सम्पादनको मुल्यांकन गर्दै केन्द्रीय कार्यसमितिले दाङ शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गर्ने निर्णय गरेको केन्द्रीय सभापति गगाधर अधिकारीले जानकारी दिनुभयो ।
दाङ शाखा हरेक गतिविधिमा अगाडि छ हामीले फेरिपनि दाङ शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मानित गरेका छौ, दाङ शाखाको सिको अन्य जिल्लाहरुले पनि गर्नुपर्छ केन्द्रीय सभापति अधिकारिले भन्नुभयो ।
यता शाखाको हरेक गतिविधिमा हातेमालो गर्ने सम्पूर्ण सामाजिक अभियन्ताहरुमा समेत दाङ शाखा सभापति सुरेश हमाल र सचिब शरद रेग्मीले सयुक्त बिज्ञप्ति जारि गरि धन्यवाद ज्ञापन गर्नु भएको छ । शान्ति समाजको अभियानमा हातेमालो गर्ने र विभिन्न क्षेत्रबाट सहयोगीको भुमिका खेल्दै दाङ जिल्ला लाई देशभरकै शाखा मध्ये सबैभन्दा उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गर्ने बाताबरणको श्रृजना गर्नु हुने केन्द्रीय सचिब सुशील बस्नेत, लगायत सबैमा धन्यवाद ज्ञापन गर्दैछौं बिज्ञप्तिमा भनियको छ ।

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  १२ : ३२ बजे