२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

बुद्धभुमी महोत्सवको तेस्रो दिन दर्शकको उपस्थिती उत्साहजनक (भिडियो सहित)



दिपा महत, बुद्धभुमि, १४ माघ ।
गत माघ १२ देखि इमिलीयामा सञ्चालित प्रथम बुद्धभुमी महोत्सवको आइतबार तेस्रो दिन पनि दर्शकको सहभागीता उत्साहजनक रहेको छ । शनिबार भन्दा आइतबार दर्शकको उपस्थिती उल्लेख्य रहेको आयोजकले जनाएको छ । बुद्धभुमी नगरपालिका मै पहिलो पटक आयोजना गरिएको महोत्सव भएको कारण पनि त्यहाँका स्थानियहरुको सहभागिता उत्साहजनक रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवको तेस्रो दिन आज गायक रमेशराज भट्राई, स्थानिय कलाकारले प्रस्तुती दिएका थिए । यस्तै भोली लोक तथा दोहोरी गायक बद्री पंगेनी, अमृता अधिकारी, भरत क्षेत्री लगायतका कलाकारको बेजोड प्रस्तुती रहने छ ।

आज १५ सय दर्शकको सहभागिता रहेको र १२ लाखको आर्थीक कारोबार भएको आयोजक संस्था जनआर्दश सामाजिक विकास केन्द्रले जनाएको छ । महोत्सवमा गोरुसिंगे, महोन्द्रकोट, बनगाई, बुड्ढीबाट बढि दर्शक आएका छन् । यस्तै प्रथम बुद्धभुमी डान्स आईडियल विचको प्रस्तुती पनि रोमान्चक बन्दै गएको छ । भोलीबाट १० प्रतिस्प्रधी विच भोटिङ प्रकृया सुरु हुने बताईएको छ ।

‘कृषी पर्यटन उद्योग र व्यापार राष्ट्र निर्माणको मुल आधार’ भन्ने मुल नाराका साथ सञ्चालन भएको पहिलो बुद्धभुमि महोत्सव माघ २१ गते सम्म चल्नेछ ।

महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृती, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, थारु समुदायका संस्कृती झल्काउने प्रर्दशनी, परिकार, होटल व्यबासाय, औधोगिक उत्पादन, बैङ्किङ्ग सम्बन्धी जानकारी, साना उद्यम तथा हस्तकला प्रर्दशनी राखिएको छ ।

महोत्सवमा १ सय ५१ स्टल रहेका छन । रमाइलोका लागि विभिन्न खेल, पिङ, झुला, लगाएतका रहेका छन् । महोत्सबको अवधीभरमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै १ करोड ५० लाख बराबरको कारोबार हुने आयोजक पक्षले अनुमान लिएको छ । https://www.youtube.com/watch?v=oz98u0K_xKU

प्रकाशित मिति : १४ माघ २०७४ आइतबार ००:००  १ : ३७ बजे