५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कपिलवस्तुमा बोर्डिङ स्कुलको अटोले ठक्कर दिँदा पूर्व राष्ट्रिय क्रिकेट खेलाडीकी आमाको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तु नगरपालिका–४ छोट्की तौलिहवा चोकमा बोर्डिङ स्कुलको अटोको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

सोमबार बिहान करिब ९ बजेको समयमा पैदल हिँडिरहेकी स्थानीय ८५ वर्षीया कमला थापालाई तौलिहवाको भिएस निकेतनको अटोले ठक्कर दिएको थियो। अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापालाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।

कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रुपन्देहीस्थित क्रिम्सन अस्पताल लगिएको थियो। उपचारका क्रममा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

दुर्घटनापछि अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक थापा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी विजय थापाकी आमा रहेको जनाइएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३ सोमबार ००:००  ५ : ०८ बजे