२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

घरको छतबाट खसेर मजदुरको मृत्यु



रुपन्देही, माघ ।
बुटवलमा घरको छतबाट खसेर एकजना मजदुरको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११, माझगाउँस्थित हिरामणि न्यौपानेको निर्माणाधिन तीन तले घरको छतबाट खसेर कपिलबस्तु बाणगंगा–७, का ५० वर्षीय भेषबहादुर कुंवरको ज्यान गएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १४ माघ २०७४ आइतबार ००:००  १ : ५४ बजे