२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

रोल्पाका युवक दाङमा मृत भेटिए



दाङ, माघ ।
रोल्पाका ५६ वर्षीय प्रेम पुन मगर दाङको भालुबाङमा मृत अवस्थामा भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार भालुबाङ बजारको ‘हाम्रो होटल’ अगाडि मगर मृत अवस्थामा भेटिएका हुन् ।
मगरले जाँड रक्सी धेरैखाएको र राति चिसोका कारण ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मगरको शव बिहान स्थानीय बासीन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७४ आइतबार ००:००  १ : ५६ बजे