११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मानव कंकाल फेला



चुरामणि अर्याल, जितपुर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ हरपुरा खोलामा आज दुईवटा टाउकोसहितको मानव कंकाल फेला परेको छ ।

घटनास्थलबाट दुई जोर चप्पल र दुई थान मोबाइलसमेत फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो ।

वनमा दाउरा लिन गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति र कंकालका आधारमा दुई महिना अगाडि घटना घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७४ आइतबार ००:००  २ : ३१ बजे