८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चार महिनामा कुष्टरोगका ३४ नयाँ बिरामी फेला



मायादेवी अनलाइन, रुपन्देही ।
रुपन्देहीमा चार महिनामा कुष्टरोगका ३४ जना नयाँ बिरामी फेला परेका छन । ति मध्ये १३ जना महिला रहेका छन । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ट निरीक्षक टिकाराम अधिकारीका अनुसार कार्तिक मसान्त सम्म ३४ कुष्ट रोगका नयाँ बिरामी फेला परेका हुन ।
गत आर्थिक वर्ष ०७३–०७४ मा १ सय २२ जना कुष्ट रोगका विरामी फेला परेका थिए । गत वर्ष २ जना बालबालिकामा समेत कुष्टरोग फेला परेको भएपनि पहिलो चौमासिकको कार्तिक मसान्तसम्म बालबालिकामा कुष्ट रोगको नयाँ संक्रमण फेला नपरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । फेला परेका मध्य भारतीय सिमा क्षेत्रका बढी रहेको जनस्वास्थ्यको तथ्याङकले देखाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७४ सोमबार ००:००  २ : ४४ बजे