१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महाशिवरात्रीको अवसरमा हथौसामा लाग्ने मेलाको तयारी तिव्र पारिदै



दिपा महत, कपिलवस्तु ।
महाशिवरात्रीको अवसरमा वाणगंगा नगरपालिका ११ हथौसामा सञ्चालन हुदै आएको मेला यस वर्ष पनि संचालन हुने भएको छ । मेला संचालनका लागि आइतबार आयोजक समितिको दोस्रो बैठक बसेको छ ।

बैठकले मेलाका लागि विभिन्न उपसमिती गठन गरेको छ । यस वर्ष मेलामा वैज्ञानिक ढंगले स्टल ब्यवस्थापन गरिने आयोजकले जनाएको छ । साथै सुरक्षा ब्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागी ओदारी प्रहरी विट र भड्डीहवा प्रहरी विटका प्रहरी प्रमुख हरुको संयोजकत्वमा भगवानदास थारु स्वयमसेवक रहने गरी समिती निमार्ण गरिएको छ ।

बैठकमा चन्द्रकान्त आचार्य, रवि काफ्ले, कमल चुदाली, कविराज भण्डारी, सुवास पौडेल, महिला वडा सदस्य ईमुकला केसी, सावित्रा विक, जग्नाराम थारु, वाच बुल नैन साहा , वडा कार्यलयका वडा सचिव धनिराम थारु , हेमराज माविका सहायक प्रअ झविन्द्र खनाल, विभिन्न राजनितिक दलका प्रतिनिधी, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन हेमराज माविका प्रअ तुल्सीराम यादवले गर्नु भएको थियो ।

वाणगंगा नगरपालिका वडा नम्बर ११ को वडा कार्यलय र हेमराजमाविको आयोजनामा मेला संचालन हुन लागेको हो । मेला फाल्गुण १ गते देखी ७ गते सम्म संचालन हुने छ । टिकट सुल्क नलाग्ने भएकाले पनि मेलामा धेरै दर्शकको सहभागिता रहने छ । साथै सार्ईकल पार्किङको लागि टेन्डर आवहन गरिएको संयोजक सुवास पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७४ सोमबार ००:००  २ : ५० बजे