२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

प्यूठानको एक सामुदायिक वनलाई वनमारा मुक्त बनाइने



प्यूठान, १६ पुस ।
प्यूठानको झिमरुक गाउँपालिका –१, को ठूलामेला–दादराखोला सामुदायिक वनलाई वनमारा मुक्त वन बनाउने अभियान सुरु भएको छ ।
वनमाराले जडिबुटी र बोटविरुवा नष्ट गर्न थालेपछि ३ वर्ष्भित्र ठूलामेला–दादराखोला सामुदायिक वनलाई वनमारा मुक्त बनाउने उदेश्यसहित अभियान थालिएको वन उपभोक्ता समितिका अध्यक्ष विमल पोख्रेलले बताउनुभयो ।
इलाका वन कार्यालय मच्छीले वनमारामुक्त अभियानको अनुगमन गर्ने सहायक वन अधिकृत जगदिश नायकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  १२ : ३९ बजे