६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नवलपरासीका दुई जना सम्पर्कविहिन



नवलपरासी, १७ पुस ।
नवलपरासीका दुई जना व्यक्ति लामो समयसम्म सम्पर्क्विहीन भएपछि उनिहरुका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन् ।
नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्क्विहीन हुनुभएको छ ।
यसैगरी बुङ्गीकाली गाउँपालिका– ३ रकुवा थोत्रेनी निवासी २५ वर्षीय तेजबहादुर सुनार चार दिनअघि सम्पर्क्विहीन हुनुभएको हो । खोजबार र सुनारलाई खोजी गरिदिनुहुन उनका आफन्तले सबैसँग आग्रह गरेका छन् ।
गत मंसिर २७ गते खोजबार जंगल जान भनी हिँडेका र घर नफर्किएको खोजबारकी श्रीमती जयमती खोजबारको भनाइ छ । घर छिमेक इष्टमित्र सबैकहाँ खोजतलास गर्दासमेत फेला नपारेपछि प्रहरी, प्रशासन, नागरिक समाज मानवअधिकारकर्मी तथा सञ्चारमाध्यमलाई खोजी गरिदिन खोजबारका परिवारले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  २ : १६ बजे