५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लुम्बिनीमा पर्यटक बढे, होटल व्यवसायी भने सुक्काराम !



रुपन्देही, १९ पुस ।
हरेक वर्ष लुम्बिनी भ्रमणका लागि आउने पर्यटकहरुको सङ्ख्या बढेपनि त्यसको फाइदा पर्यटन व्यवसायीहरुले लिन सकेका छैनन् ।
स्थलमार्गबाट आउने प्राय सार्क मुलुकका पर्यटकहरु भारतीय सवारी लिएर भारतीय बाटो भएर आउने र लुम्बिनी भ्रमण गरी सोही बाटो त्यसैदिन फर्किने गरेका छन् ।
लुम्बिनी लगायत बुद्धसँग सम्बन्धित अन्य क्षेत्रहरुमा सडक सञ्जाल नजोडिनु, व्यवस्थित पर्यटन योजना नबन्नु, काठमाडौं बाहेक अन्य क्षेत्रमा हवाई उडान नहुनु जस्ता कारणले पर्यटकहरुको बसाई अवधी लम्बिन सकेको छैन् ।
सार्क मुलुकका पर्यटकलाई एक वर्षमा ३० दिनको भीसा शुल्क नलाग्ने नियमले राज्यले पनि पर्यटकबाट वर्षेनी करोडौको राजश्व गुमाएको छ । पर्यटन प्रर्वद्धनकालागि पर्यटन व्यवसायीले पटक पटक फ्री भिसा हटाउन वा कम्तीमा यति दिन बस्नुपर्ने भन्ने नियम बनाउन आग्रह गरेपनि राज्यबाट बेवास्ता भएको व्यवसायीहरुको गुनासो छ ।
सन् २०१७ मा बाह्य र आन्तरिक पर्यटक गरि १५ लाख ५२ हजार पाँच सय ८६ जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी बिकास कोषले तथ्याङ्क निकालेको छ । यो सङ्ख्या सन् २०१६ भन्दा ८२ प्रतिशतले बढी हो ।
धार्मिक पर्यटक संगै लुम्बिनीमा यो वर्ष मनोरञ्जन, अध्ययन तथा अनुसन्धानका लागि आउने पर्यटकहरु समेत उल्लेख्य रुपमा बढेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७४ बुधबार ००:००  १२ : ५३ बजे