रुपन्देही, २१ पुस ।
रुपन्देहीमा एकजनाको करेन्ट लागेर ज्यान गएको छ । प्रहरीका अनुसार सैनामैना–१० झिमझिमियाका ३५ बर्षिय भिक्कु थारुको करेन्ट लागेर ज्यान गएको हो ।
उनलाई घरको छतको ढलाई गर्ने क्रममा फलामको छडलाई मोड्दा बिजुलीको तारमा छड छोइएपछि करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको हो । करेन्ट लागेर घाइते भएको अरु तीनजनाको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया