बुटवल, २३ पुस ।
रुपन्देही देवदहका फर्निचर व्यवसायी बसन्त पौडेल हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो रुपन्देही आएको छ । अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालयले पनि प्रहरी नायव उपरीक्षक धर्म भण्डारीको संयोजकत्वमा अनुसन्धान टोली खटाएको छ ।
शुक्रबार विहान हत्या लगत्तै प्रहरी परिचालन भए पनि कुनै प्रगति हासिल भएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्त प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले भलुही जंगलमा फेला परेको लु ४ प १४ नम्बरको मोटरसाइल र नम्बर प्लेष्ट नक्कली भएको बताए । प्रहरीले सबै आशंकाबाट अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
हत्याएको बिरोधमा आह्वान गरिएको जिल्ला बन्द अझै फिर्ता भएको छैैन । शनिबार पूर्ण रुपमा जिल्ला ठप्प भयो भने आइतबार पनि बन्द यथावत रहने युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताउनुभयो ।
फर्निचर व्यवसायी पौडेलको उद्योगमै हत्याभएपछि त्यसको सर्बत्र निन्दा भएको छ । उद्योगी व्यवसायीहरुले हत्याको भ्रत्सर्ना गर्दै उद्योग व्यवसाय गर्ने वातावरण नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राजनीतिक दलको सर्बपक्षीय बैठकले पनि अपराधिलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
शुक्रबार हत्या गरिएका पौडेलको शब अस्पतालमै राखिएको छ । अपराधिलाई पक्राउ नगर्दासम्म शब नउठाइने देवदहबासीले अडान लिएका छन् ।
देवदहमा इलाका प्रहरी चौकी, ढेकावारमा अस्थायी प्रहरी पोष्ट, अभियुक्तलाई तत्काल कारबाही र मृतक तिवारी र पौडेलललाई शहिद घोषणा गर्नुपर्ने माग राखिएको छ । गएको वर्ष हत्या भएका तिवारीलाई शहिद घोषणा गर्ने सहमति कार्यान्वयन नभएको भन्दै सो माग समेत अहिले राखिएको छ ।
२३ पुस २०७४ आइतबार ००:००
0
Shares






प्रतिक्रिया