१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

गम्भिर घाइते चालकको उपचारको क्रममा मृत्यु



रबिन्द्र यादव, नवलपरासी, २३ पुस ।
नवलपरासीको सुरजपुरा देखि प्रतापपुर आउदै गरेको बिआर २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक शनिबार साझ करिब साढे आठ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते भएका चालकलाई सहिद सामुदायिक अस्पताल चौपतामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

उक्त अस्पतालका एक कर्मचारी रंजिता यादवले दिएको जानकारी अनुसार मृतक संग २५ हजार भारतीय रुपैया समेत रहेको बताइन् भने मृतकको घाटीमा सुनको सिकड समेत रहेको जनाइएको छ ।

मृतकको पैकेट भित्र भेटिएको सानो कार्डमा संजय यादव नाम लेखिएको छ । प्रहरीको प्ररम्भिक अनुसंधान अनुसार मृतक भारतीय हुन सक्ने बुझिएको छ । हाल शवलाई पोष्टमार्टमका लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल परासी लगिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २३ पुस २०७४ आइतबार ००:००  १ : ५८ बजे