२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

तिलौराकोट



मायादेवी अनलाइन ।
विश्व प्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । जिल्लाको कपिलवस्तु नगरपालिका स्थित शिवगढ गाउँसँगै रहेको तिलौराकोट भगवान् गौतमबुद्धले २९ वर्ष्बिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद हो । शान्तिका अग्रदूत भगवान् गौतमबुद्ध सँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो ।
सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटर उत्तर बाणगङ्गा नदीको किनारमा रहेको तिलौराकोटमा अहिले जीर्ण भइसकेका तीन वटा भग्नावशेष मात्र बाँकी छन्। यी तीनै वटा भग्नावशेषको अवस्था दयनीय छ ।
संरक्षणको अभावमा भग्नावशेषका इँटाहरू बेलाबेलामा उक्किएर खस्ने गरेका छन् । त्यस्तै प्राचीन भग्नावशेषका पर्खालहरू ढलेका छन् भने प्राचीन इँटा र ढुङ्गाहरू यत्रतत्र छरिएका छन् । तिलौराकोटभित्र मुख्य तीन भग्नावशेषका रूपमा दरबार, पूर्वी द्वार र पश्चिमीद्वार छन् । नेपाली विकिपिडियाबाट

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  ३ : १७ बजे