७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

फेब्रुअरीमा ९६ हजारभन्दा धेरै विदेशी पर्यटकले गरे नेपाल भ्रमण



काठमाण्डौ ।

फेब्रुअरी महिनामा महिनामा ९६ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पर्यटन बोर्डका अनुसार यस महिना ९६ हजार आठ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् । पर्यटकको यो सङ्ख्या गएको वर्षको यसै अवधिको तुलनामा कम हो ।

सन् २०२४ को फेब्रुअरीमा ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका थिए । यसवर्ष सन् २०२५ को फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार एक सय ८७ जना नेपाल भ्रमणका लागि आएका हुन् ।

अमेरिकाबाट १० हजार तीन सय ४८ जना आएका छन् भने चीनबाट आठ हजार दुई सय ३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

त्यस्तै, फेब्रुअरीमा थाइल्याण्डबाट पाँच हजार छ सय नौ जना, बेलायतबाट पाँच हजार ५७ जना, बङ्गलादेशबाट चार हजार आठ सय ७४ जना, श्रीलङ्काबाट चार हजार तीन सय ७० जना, अष्ट्रेलियाबाट तीन हजार सात सय ३७ जना, म्यानमारबाट तीन हजार एक सय ४९ जना तथा दक्षिण कोरियाबाट दुई हजार सात सय ७९ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१ सोमबार ००:००  ९ : २१ बजे