२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

रुपन्देहीका उद्योगहरुमा लगाईएकोे ताला खोलियो



भुवन पाण्डे भैरहवा १० माग ।
सिमेन्ट र छडमा अस्वभाविक मूल्य वृद्धि गरेको बिरोधमा रुपन्देहीका उद्योगहरुमा गरिएको तालाबन्धी प्रशासनले खोलेको छ ।
मूल्य वृद्धिले विकास निर्माणलाई नै प्रभाव पारेको भन्दै युवा संघ नेपाल र वाइसियलले हिजो साँझ लुम्बिनी करिडोरका ११ वटा सिमेन्ट उद्योग र दुई वटा छड उद्योगमा तालाबन्धी गरेको थियो । सिमेन्टमा अहिले प्रति बोरा ओपिसीमा ८० रुपैया र पिपिसी सिमेन्टमा एक सय रुपैयाँ मूल्य बढेको छ । त्यस्तै छडमा प्रति किलो आठ रुपैँया बढेको छ । ताला खोलीए पनि मूल्य फिर्ता नहुँदासम्म थप बिरोधका कार्यक्रमहरु जारी राखिने युवा संघ नेपालका अध्यक्ष नकुल शाहीले बताउनुभयो । यता उद्योगीहरुले पत्रकार सम्मेलन गरि गुण्डागर्दी शैलीमा गरिएको तालाबन्दीको बिरोध गरेका छन् । मूल्य बृद्धिको स्पष्ठ कारण जिल्ला प्रशासनमा बुजाएकोले कुनै छलफल नगरि उद्योग बन्द गर्दा उद्योगीहरु असुरक्षित महशुस गरेको उनीहरुले बताए । कच्चा पदार्थ, ढुवानी भाडा, बिद्युत, डिजल लगायतमा मूल्य बृद्धि भएसँगै पुष महिनादेखि सिमेन्ट र छडमा १० देखि १५ प्रतिशतसम्म मूल्य बढाएको उद्योगीहरुले बताएकाछन् । निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि ठेकेदार कम्पनीहरूले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०७४ बुधबार ००:००  ५ : ४९ बजे