२८ मंसिर २०८१, शुक्रबार | Sat Dec 14 2024

बर्ड फ्लू नियन्त्रणकालागि सीमा नाकामा कडाई गरिने



कपिलवस्तु १० माघ ।
बर्ड फ्रलु रोक्न कपिलस्तुका सीमा नाकाहरुमा थप कडाई गर्ने निर्णय गरिएको छ । भारतबाट बैध तथा अबैध तरिकाले भित्राईने पंक्षीजन्य बस्तुहरुबाट बर्ड फ्रलु रोग समेत आउने जोखिम रहेकोले सीमा नाकामा बिशेष कडाइ गर्ने निर्णय गरिएको हो । कपिवलवस्तुको तौलिहवामा जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राबिधिक समितिको बसेको बैठकले सो निर्णय गरेको पशु सेवा कार्यालयका प्रमुख अब्दुल सलामले जनाकारी दिए । ‘ समिा नाकाहरुमा पोलट्रीजन्य पदार्थ भित्रिदा बर्ड फ्ल रोग समेतको जोखिम देखिएको छ त्यसैले सीमा नाकामा कडाई गर्ने निर्णय गरेका हौ ’ उनले भने । जिल्लामा भित्राईन् पंक्षीजन्य चिजहरुलाइृ नियन्त्रणकालागि सुरक्षाकर्मीलाई निर्देशन दिईएको प्रअिज तथा समितिका सदस्य मदन भुजेलले बताए ।
कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेता अन्डा, दाना लगायतका सामाग्रहिरु तस्करहरुले अबैध तरिकाले भित्राउने गरेका जिल्लाका पोल्ट्री ब्यवासीहरु बताउछन । यसले गर्दा नेपाली पोल्ट्री ब्यवसहरु मारमा पर्नुकमो साथै बर्ड फुलुको जोखम दर समेत बडेको उनीहरु बताउछन । उनीहरुले यसको नियन्त्रणकालागि ठोस कदम चाल्नु पर्ने माग समेत गरेका छन । तस्करअरुले लुकीछिपी नाकाहरुबाट चल्ला, अन्डा, कुखुरा भित्राउने गरेका छन । नेपाल भन्दा भारतमा सस्तो पर्ने भएकाले तस्कारहरुले बढ मुनाफा पाउने भएकाले सेतो अन्डा चल्ला भित्राउने गरेका हुन । ‘ सेतो अन्डा बेच्न प्रतिबन्ध लगाईएको छ तर जिललाका बजारहरुमा सेतो अन्डा छ्याप्प छ्याप्ती देख्न देखिएका छन ’ एक पोल्ट्री ब्ययवासीयले भने । यसको नियन्त्रणमा प्रहर िप्रशासनले नै बिशेष ध्यान दिनु पर्ने उनी बताउछन ।

प्रकाशित मिति : १० माघ २०७४ बुधबार ००:००  ५ : ५८ बजे