४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेटवर्किङ कम्पनीका नाममा ठगी गर्ने सञ्चालक पक्राउ



भुवन पाण्डे, भैरहवा, ११ माघ ।
रुपन्देही प्रहरीले ठगी गरेको आरोपमा तीन नेटवर्किङ कम्पनीका पाँँच जना सञ्चालकहरुलाई पक्राउ गरेको छ । एजेण्ट मार्फत नेपालका विभिन्न ठाँउबाट रोजगारी तथा कमिसनको प्रलोभन देखाई रकम ठगी गरेको प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ड्रिम डेभ्लोपर्स ट्रेडमार्ट कम्पनीका सञ्चालक लम्जुङ जिल्लाका दर्पण लामा र दाङका कुशलराम चौधरी छन् । त्यस्तै विन विन कम्पनीका धादिङ जिल्ला घर भएका ज्ञानेन्द्र मगर र फुलटन कम्पनीका काभ्रेपलाञ्चोकका चन्दित सिंह मोक्तान र बाराका दावा लामा रहेका छन् । भारतको गोरखपुर, बनारस र कुशीनगर सहरमा खोलीएका उक्त नेटवर्किङ कम्पनीका अझै २९ जना अभियुत्त फरार छन् । पिढितहरुबाट कम्पनीले आठ हजार देखि तीन लाख रुपैँयासम्म उठाउँदै आएका भैरहवामा आज पत्रकार सम्मेलन गरि जिल्ला प्रहरीका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । कम्पनीले ठगी गरेको भन्दै ८० जनाले रुपन्देही प्रहरीमा जायरी दिएका छन् । दुई महिना अनुसन्धान गरि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका सञ्चालकहरुलाई एक करोड ५१ लाख ९९ हजार बिगो दाबी सहित संगठीत ठगी मुद्दामा जिल्ला अदालतमा पेश गरिएको छ । दुई वर्षमा ती कम्पनीमा रोजगारीका लागि जान लागेका आठ सय ४३ जनालाई बेलहिया नाकाबाट प्रहरीले उद्दार गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ३ : ४४ बजे