४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रथम बुद्धभूमी महोत्सवको सम्पुर्ण तयारी पुरा, उद्घाटन मन्त्री पुनले गर्ने



अबिनाश बेल्बासे, कपिलबस्तु, ११ माघ ।
प्रथम बुद्धभूमी कृषि औद्योगिक प्रदशनीको समुद्घाटन सिंचाई राज्य मन्त्री अमर सिंह पुनले गर्नुहुने भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार राष्ट्र निर्माणको मुल आधार’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सबको प्रथम बुद्धभूमी कृषी, पर्यटन, संस्कृती तथा औधोगिक प्रर्दशनी २०७४ नाम दिईएको छ ।
बुद्धभूमी नगरपालिका क्षेत्रको पर्यटकीय विकास, व्यवसायको वृद्धी तथा कृषि उपजहरुको बजारीकरण गर्ने महोत्सबको मुख्य उद्धेश्य रहेको बुद्धभुमी नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त महोत्सब शुक्रबार देखी इमिलियामा सञ्चालन हुन लागेको हो ।

स्टेज व्यबस्थापन, स्टल बुकिङ्ग लगायतका सम्पुर्ण काम पुरा भएको आयोजक पक्षका मुल समन्वय समिती संयोजक कमल अधिकारीले बताउनुभयो । बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव संचालन गर्न लागिएको बताईएको छ ।

बुद्धभूमी नगरपालिकाको इमिलिया क्षेत्रमा संचालन गरिने महोत्सवबाट यस क्षेत्र मात्र नभई शिवराज, महाराजगंज, बाणगंगा, कपिलवस्तु नगरपालिकाको साथै अर्घाखाँचीको शितगंगा नगरपालिका कृषक, उद्यमी, व्यवसायी लाभान्वित हुने अपेक्षा आयोजकले लिएको छ ।

महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृती, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, थारु समुदायका संस्कृती झल्काउने प्रर्दशनी, परिकार, होटल व्यबासाय, औधोगिक उत्पादन, बैङ्किङ्ग सम्बन्धी जानकारी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिने बताइएको छ । महोत्सवमा १ सय ५१ स्टल रहेका छन । रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल , राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवको साबिक बरकुलपुर क्षेत्र लगायत हालको बुद्धभूमी नगरपालिकाका अधिकांश स्थानमा विगत लामो समय देखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको जनआर्दश सामाजिक केन्द्रले महोत्सबको अगुवाई गर्न लागेको हो । महोत्सबको अवधीभरमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै १ करोड ५० लाख बराबरको कारोबार हुने आयोजक पक्षले अनुमान लिएको छ ।

सो क्षेत्रमा पहिलोपटक महोत्सव सञ्चालन गर्न लागिएकाले उक्त महोत्सव बुद्धभूमी क्षेत्रको मात्र नभई समग्र कपिलवस्तुबासीको भएको आयोजक पक्षको भनाई छ । महोत्सवबाट आउने मुनाफालाई त्यस क्षेत्रका सामुदायिक बिद्यालयलाई सहयोग गर्ने बताईएको छ । १० दिन सम्म सञ्चालन हुने महोत्सब २१ गते समापन हुने छ ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ४ : १४ बजे