२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु



हरी आचार्य, कपिलवस्तु, १२ माघ ।
कपिलबस्तुमा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । वाणगंगा नगरपालिकामा ८ लौगाईको भित्रि बाटोमा ट्याक्टरको ठक्करबाट प्युठान हसंपुर निवासी २५ बर्षिय सलावत मियाँको ज्यान गएको हो ।

ठक्कर दिने ट्याक्टर लु २ त ६६७३ नम्बरको रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्किले जानकारी दिनुभयो । ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेपनि चालक फरार रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाईएको बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  १२ : ३२ बजे