१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

चौथो चन्द्रौटा महोत्सवको ८० प्रतिशत तयारी पुरा



कृष्ण गैरे, चन्द्रौटा, १३ माघ ।
माघ १७ गते देखि २८ गते सम्म चन्द्रौटामा हुन गैरहेको चौथो चन्द्रौटा महोत्सवको तयारी तीव्र पारिएको छ । चौथो चन्द्रौटा कृषि पर्यटन तथा औद्योगीक व्यापार महोत्सवको करिव ८० प्रतिशत तयारी सकिएको आयोजकले वताएको छ । महोत्सव स्थलमा अहिले सचिवालय निर्माण, तारवार स्टेज निर्माण लगायतको ८० प्रतिशत काम सकिएको महोत्सव मुल आयोजक समीतीका अध्यक्ष जमसेर अली मियाँले वताउनुभयो ।

महोत्सव स्थलमा पत्रकार संग अन्तरक्रिया कार्यक्रममा राखेर उद्योग वाणिज्य संघका अध्यक्ष अलिले महोत्सव सफल पार्न सवैको महत्वपुर्ण सहयोय हुन आवश्यक रहेको समेत वताउनुभयो । उहांले चोक चौराहा र चिया पसलमा समेत महोत्सवको प्रचार प्रसार गर्न सवैमा अपिल गर्नुभएको छ । यस क्षेत्रको सामाजिक र सांस्कृति विकासका लागि पनि महोत्सवलाई सफल पार्न आवश्यक रहेको शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले जोड दिनुभयो । नगर प्रमुख अधिकारीले महोत्सववाट संकलन भएको रकमले यस क्षेत्रको औधोगीक विकास र समृद्धीमा समेत सहयोग गर्न आयोजकलाई सुझाव दिनुभयो ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले नगर भित्र लाग्ने मेला महोत्सवले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुगेको भन्दै चन्द्रौटामा लाग्ने मेला महोत्सवलाई नगरपालीकाले सहयोग पुराउन आवश्यक रहेको वताउनुभयो । अध्यक्ष पोख्रेलले महोत्सव स्थलमा स्थायी भौतीक संरचना निर्माणको लागी नगरपालीकालाई वजेट विनियोजन गर्न सुझाव दिनुभयो । महोत्सवको तयारी विषयक अन्तरक्रीयामा चन्द्रौटा क्षेत्रका सयौ व्यतmीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, ईलाका प्रशासन कार्यालयका प्रमुख जग्दीश अर्याल, व्यापार संघका अध्यक्ष महादेव पोख्रेल, होटल व्यावसायी संघका अध्यक्ष ढुणीराज अधिकारी, वडा प्रहरी कार्यालयका प्रमुख झविन्द्र भटराई, सशस्त्र प्रहरी वल विन्दवासीनी गणका डिएसपी उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतको उपस्थीती रहेको थियो ।
कृषि पर्यटन र औधोगीक हाम्रो अभियान आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित हुन लागेको महोत्सव माघ १७ गते देखि २८ गते सम्म चन्द्रौटामा संचालन हुनेछ । महोत्सवमा कृषिजन्य पदार्थ, पर्यटकीय स्थलहरुको प्रचार प्रसार वुद्ध परिपथ, स्थानीय उत्पादनको प्रर्दशनी, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले वताएको छ । महोत्सवमा यसवर्ष आंखाको आंखी भौवाट दुई ओटा सम्म कुर्ची उचाल्ने, शरीर माथी गाडी चढाउने, कपालले गाडी तान्ने लगायतका कला भएका व्यतmीको कलाकारीता हेर्ने अवसर पनि मिल्ने आयोजकको भनाई रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७४ शनिबार ००:००  २ : ५५ बजे