२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

पाल्पामा स्याउली बजारका बासिन्दा टुकीको भरमा रात विताउन बाध्य



पाल्पा, १३ माघ ।
लघु जलविद्युत् आयोजना बन्द भएसँगै पाल्पा रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयवासी टुकीको भरमा रात बिताउन बाध्य छन् । बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन् ।

टुकीको उज्यालोमा रातमा काम गर्नुपर्ने र ससाना बालबालिकालाई पढ्न समस्या भएको छ । स्याउलीबजारका स्थानीयवासी सुनिल श्रेष्ठले बन्द आयोजना बिग्रेको चार वर्षसम्म कहीँकतैबाट मर्मतका लागि पहल हुन नसक्दा टुकीको भरमा रात बिताउनु पर्ने बाध्यता नहटेको बताउनुभयो ।

ंस्थानीय खोलाबाट निकालेको विद्युुत्ले रातमा उज्यालो बनेको थियो । अहिले आयोजना मर्मत हुन नसक्दा फेरि ७५ घरपरिवार अँध्यारोमा रात बिताउनुपर्ने अवस्था टरेको छैन । लघु जलविद्युत् आयोजना सञ्चालनमा आउन नसक्दा रेडियो, टेलिभिजन, मोबाइल, लाइट लगायतका सामान प्रयोगमा ल्याउन समस्या भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७४ शनिबार ००:००  ३ : ०१ बजे