५ असार २०८२, बिहिबार | Fri Jun 20 2025

रुपन्देहीमा कुष्ठरोगी खोजी अभियान शुरु



मायादेवी अनलाइन, भैरहवा ।
६५ औं कुष्ठरोग दिवसको अवसर पारेर ‘कुष्ठरोग मुक्त समाज निर्माण, वालवालिकाहरुमा शुन्य अपाङगता हाम्रो अभियान ’ भन्ने मुल नाराकासाथ रुपन्देहीमा कुष्ठरोगी खोजी शुरु हुने भएको छ ।
जिल्लाको ३ वर्षिय तथ्यांकलाइ विश्लेषणगरी सिद्धार्थनगर पालिकामा, तिलोत्तमा नगरपालिकामा , ओमसतीयमा गाउपालिका, रोहिणी गाउपालिकामा, मर्चवारी गाउपालिकामा, मायादेवी गाउपालिका, समरीमाइ गाउपालिका, शुद्धोदनमा गाउपालिका, गैडहवा गाउपालिकाका सबै वडामा र कन्चन गाउपालिकाको वडा नम्बर १ र २ मा यो अभियान चलाईने जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख केहर सिंह गोदारले जानकार िदिनुभएको छ
आज रुपन्देही जिल्ला समन्वय समितीका प्रमुख एकराज विश्वकर्माको संयोजकत्वमा जिल्ला स्तरीय कुष्ठरोग निवारण अभियान समिती गठन भएको जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका क्षय कुष्ठ रोग निरीक्षक टिकाराम अधिकारीले बताउनुभयो ।
जिल्लाका सरोकारवाला निकाय सदस्य रहेको उक्त समितीले यहि माघ २३ गतेदेखी २५ माघ सम्म जिल्लाका १० वटा स्थानिय निकायमा कुष्टरोग खोजी अभियानलाइ तिब्रता र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।
आखांले देख्न नसकिने माइको व्याक्टेरियम लेप्रे नामको सुक्षम किटाणुबाट लाग्ने कुष्ठरोगको बारेमा जनचेतना अभिवृद्धि गदै रोग निवारणकोलागी जिल्लाका विभिन्न १० स्थानिय तहका घरघरमै गई यो रोगको खोजी शुरु गरिएको जिल्ला जनस्वास्थय कार्यलय क्षय कुष्ठ रोग निरिक्षक अधिकारीले जनाउनुभयो ।
लाटो, फुस्रो दाग, छाला बाक्लो हुने, गिर्खाहरु देखिने कुष्ठरोगका लक्षण हुन् । यो रोगको औषधी नेपालमा निशुल्क पाइन्छ र नियमित सेवन गर्नाले यो रोग निको पनि हुने गर्दछ ।
कुष्ठरोगको बारेमा परम्परागत दैवी अभिसाप तथा वंशानुगत भन्दै समाजमा अफबाह फैलाईदा रोगको कारण भन्दा सामाजिक डरको कारणले मान्छेहरुमा त्रास फैलिएकोले सो लाई चिर्न धेरै भन्दा धेरै प्रचारप्रसार र विभिन्न चेतनामूलक कार्यक्रम गरिनुपर्ने जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति : १८ माघ २०७४ बिहिबार ००:००  ६ : ०६ बजे