२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

फरार अपराधी २० वर्षपछि प्रहरी फन्दामा



मायादेवी अनलाइन, बुटवल ।
कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्व सहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् ।

रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई विसं २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ (हाल देवदह नपा–१२) बस्ने ५० वर्षयी राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुकाई बसोबास गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई सर्वोच्च अदालतले विसं २०६५ भदौ २३ मा भएको फैसलामा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७४ मंगलबार ००:००  २ : २५ बजे