२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

तीन दशकपछि अशोक स्तम्भको संरक्षण



चुरामणि अर्याल, भलवाड ।
कपिवलस्तुका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ ।

सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो । त्यसलाई धेरै समय पछि लुम्बिनी विकास कोषले करिब रु ३० लाख लगानीमा एक वर्ष लगाएर सुन्दर आकर्षक र परम्परागत शैलीमा छाना (सेड) निर्माण गरी संरक्षण गरेको हो ।

तौलिहवा–जितपुर खण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रङ लगाएपछि आकर्षक भएको छ । त्यसको संरक्षण गर्न कोषले तीन सुरक्षाकर्मी पनि राखेको छ । उनीहरू दिनरात खटिरहन्छन् ।

निग्लिहवा कनकमुनि बुद्धको जन्म तथा नेटल टाउनका रूपमा इतिहासमा चर्चित छ । लुम्बिनी हुँदै आउने पर्यटक तिलौराकोट पछि यहाँको अवलोकन गर्ने गर्छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  ९ : २६ बजे