२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

पहिलो पटक मावलीगाउँ देबदहमा बुद्ध जयन्ती मनाईदै



मायादेवी अनलाइन, वैशाख ।
विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावलीगाउँ रुपन्देहीको देबदहमा पहिलोपटक औपचारिक रुपमा बुद्ध जयन्ती मनाइने भएको छ ।
वैशाख १५ गते देवदह नगरपालिका पर्यटन प्रबर्द्धन तथा बिकास समितिको आयोजना र लुम्बिनी बिकास कोषको सहयोगमा २५६२ औं बुद्ध जयन्ती मूल समारोहको आयोजना गरिएको हो ।
भवानीपुरमा हुने कार्यक्रममा संस्कृतीमन्त्री रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यमा मूल समारोह हुने देवदह नगरपालिका प्रमुख तथा पर्यटन प्रबर्द्धन तथा बिकास समितिका संयोजक हिराबहादुर केसीले बताउनुभयो ।
देबदहको ऐतिहासिक, धार्मिक सामाजिक र पर्यटकीय महत्वलाई थप उजागर गर्ने र बुद्ध मावलीको बिकासका लागि यस्तो कार्यक्रम फलदायी हुेन केसीको भनाइ छ ।
लुम्बिनी र यससँग जोडिएका कपिलवस्तुको तिलौराकोट , रुपन्देहीको देबदह, नवलपरासीको रामग्राम को एकीकृत बिकास गर्नुपर्ने उहाको धारणा छ ।
भगवान गौतमबुद्धको जन्म स्थल लुम्बिनीबाट ५७ किलोमिटर पूर्वमा रहेको रुपन्देहीको देबदह बुद्धकी आमा मायादेबी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको माइति स्थल समेत हो । सो समारोहमा स्थानीय साँस्कृतिक महत्वका प्रदर्शनी, बुद्धका दर्शन र नैतिक आचरण प्रबर्द्धनका लागि बिशेष प्रबचन समेत हुनेछ ।
२५६२ औं बुद्ध जयन्तीका अबसरमा देबदहमा रहेका धर्माेदय सभा र मायादेबी पार्कमा सप्ताहब्यापी कार्यक्रम पनि संचालन गरिएको देबदह नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७५ शनिबार ००:००  १ : ५८ बजे