हरि अधिकारी, कपिलवस्तु ।
पाँच नम्बर प्रदेश सरकारले कपिलवस्तुको जगदिशपुरतालमा २५ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस मनाउने भएको छ । कपिलवस्तुको तौलिहवामा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले आयोजना गरेको वैठकमा आउदो जेठ ८ गते २५ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस जगदिशपुरमा मनाउने तयारी गरेको जानकारी दिएको हो । प्रदेश नम्बर ५ को उद्योग, पर्यटन बन तथा बातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलको अध्यक्षतामा सरकारी कार्यालय तथा जिल्लास्थित सरोकारवालासंगको वैठकमा रामसारमा सूचिकृत जगदिशपुर तालमा जैविक विविधता दिवस मनाएर यसको महत्वलाई अझ बढावा दिनुपर्ने र प्रचार प्रसार गर्ने उद्देश्य रहेको बताइएको थियो ।
मन्त्रालयका सचिव सिग्देलले जगदिशपुर ताल संरक्षणमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउदै जगदिशपुरलाई पर्यटकीय गन्तब्य बनाउने गरी योजना निर्माण गर्न स्थानीय तथा सरोकारवालाई आग्रह गर्नुभयो । जगदिशपुर तालको जैविक विविधतालाई संरक्षण गरेर प्रदेश नम्बर ५ कै प्रमुख पर्यटकीय गन्तब्य बन्ने सम्भावना बोकेको जगदिशपुरलाई स्थानीय र प्रदेश सरकारले दिर्घकालिन योजना बनाउनु काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
जैविक विविधता दिवस भब्य रुपमा बनाउन जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च, कपिलवस्तु नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला बन कार्यालय, वाणगंगा सिंचाई आयोजना, बर्ड कन्जरभेसन नेपाल, नेपाल पत्रकार महासंघ कपिलवस्तु लगाएतले आ आफनो क्षेत्रबाट सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा जगदिशपुर जलाशय बहुसरोकार मंचका सदस्य अब्दुल रसिद खाँले ताललाई सिंचाई सुविधा संगसंगै पर्यटकीय रुपमा विकास गर्नुपर्ने बताएका थिए ।
जैविक विविधता दिवसका अवसरमा जगदिशपुर तालको इतिहास बारे जानकारी, स्थानीय सँस्कृति झल्कने झाकी प्रस्तुती, निवन्ध प्रतियोगिता, विभिन्न प्रजातीका दुर्लभ चराहरुको डिस्प्ले, बर्ड वाचिङ लगाएतका कार्यक्रम आयोजना गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । गत महिना मात्र प्रदेश साँसद विष्णु पन्थीको पहलमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, साँसद बृजेश कुमार गुप्ता, धर्मबहादुर लाल श्रीवास्तव, मन्त्रालयका सचिव, लुम्बिनी विकास कोषका कर्मचारी लगाएतको टोलीले जगदिशपुर ताल, तिलौराकोट लगाएतका बुद्ध स्थलहरुको अवलोकन समेत गरेका थिए ।
२६ बैशाख २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया