६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

छोराले गरे आफ्नै बाबुको हत्या



मायादेवी अनलाइन, रुपन्देही ।
रुपन्देहीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा घर बनाउने मजदुरको रुपमा कार्यरत कोटइमाईका रामकेश धवलको हत्या गरी छोरा सन्दीप धवल फरार भएका हुन् ।

रामकेशलाई बुधबार बेलुका गोली प्रहार भएको थियो । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा ज्यान गएको छ । जेठी श्रीमतीका छोरा सन्दीप बाबुले काम गर्ने ठाउँमा बुधबार दिउँसो एक जना साथीसँग आएका थिए । बेलुका धवलको गोली प्रहारपछि उनका छोरा फरार रहेका छन् । गोली प्रहारमा छोरा कै संलग्नता देखिएपछि खोजि कार्य भइरहेको प्रहरीले बताएको छ ।

मृतक धवलकी जेठी श्रीमती भारतको नौतनहवामा र छोरा गोरखपुर नजिकै पिपिगञ्जमा बस्दै आएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५ शुक्रबार ००:००  १० : १५ बजे