६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

समयमै काम नगर्ने ठेकदार माथि कारबाही प्रक्रिया सुरु



बिष्णु कुमार आले, अर्घाखाँची ।
समयमै काम नगर्ने ठेकदारलाई कारबाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लाका केही योजनामा काम नभएको उजुरी परेपछि अर्घा र बल्कोट साईटमा अनुगमन गरि काम पुन गर्न ठेकेदार कम्पनीलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले कारबाहीको निर्देशन दिनुभएको छ ।
काम नगरी रकम फस्र्यौट गर्ने कर्मचारीलाई कार्वाही गर्ने र ठेकेदारको लाईसन्स समेत बदर गर्न सक्ने भन्दै प्रजिअ भुसालले चेतावनी दिनुभएको हो । जिल्लाको दक्षिण खाँचीको सितगंगा नगरपालीका भित्र ढल तथा नाली नबनाई कच्चीसडक निर्माण भैरहेको र ग्रेटको मात्रा घटाएर सडक खन्ने काम भैरहेकाले संझौता बिपरित काम गर्ने ठेकदार उपभोक्तालाई कानुनी दायरामा ल्याईने जिल्ला प्रशासन अर्घाखाँचीले जनाएको छ ।
असार मसान्त नजिकै आउदा गाँउ गाँउमा सडक खन्ने काम भैरहेकाले बर्षा सुरू भएसगै खनिएको सडक बलियो दिगो नहुने र राज्यको पैसा दुरूपयोग मात्र हुने भएकाले अब सडक खन्ने काम रोक्न प्रशासनले जनाएको छ ।
नियम अनुसार काम नगर्ने व्यवसायीलाई प्रक्राउ गरि कार्वाही अगाडी बढाउने प्रहरी प्रमुख प्रदिप कुमार डिसीले बताउनुभयो । अर्घा साईडमा सन्तोष जनक काम नभएकाले पुन काम गर्न निर्देशन दिएको प्राविधिक कार्यालयका प्रमुख नविन श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  १ : २८ बजे