६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नवलपुरका प्रजिअ चालीस दिनमै सरुवा



मायादेवी अनलाइन, नवलपरासी ।
नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी महेश आचार्य कार्यालयमा हाजिर भएको ४० दिनमै सरुवा हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरमा वैशाख ८ गते आउनुभएका आचार्य ४० दिनमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा सरुवा हुनुभएको छ ।
नयाँ जिल्लाको रुपमा विकास हुने क्रममा रहेको नवलपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा आउनु भएका आचार्यको सरुवाले जिल्लाका गर्नुपर्ने धेरै कार्यमा प्रभाव पर्ने कतिपयले बताएका छन् । यसअघि निर्वाचनको समयमा कायम मुकायम प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनी नवलपुरमा आउनुुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी महेश आचार्य यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्नु भएकाले कामको विशेषज्ञताले पुनः उहाँलाई अख्तियारमा तानिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  १ : ३० बजे