६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

तीन दिने कृषि सहकारी एवम् शैक्षिक अवलोकन भ्रमण



मायादेवी अनलाइन, अर्घाखाँची ।
सितगंगा नगरपालिका ९ नं. वडाको आयोजनामा २०७५ जेष्ठ २५ देखि २७ गतेसम्म नमुना विद्यालय, नमुना सहकारी, नमुना कृषि फर्म, सिंचाइ योजना, धार्मिक, पर्यटकिय एवम् ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण सम्पन्न भएको छ ।
शिक्षा संयोजक गणेश बेल्बासेको नेतृत्वमा कपिलवस्तु जिल्लाको बाणगगां न.पा. २, बैजलपुर स्थित नमुना विद्यालय श्री पञ्च आधारभूत विद्यालयको अवलोकन भ्रमण भएको थियो । विद्यालय अवलोकनको क्रममा परिचय आदान प्रदानले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।
यसै कार्यक्रममा विद्यालयका प्रअ जगतराज रेग्मीले विद्यालयको ऐतिहासिक पृष्ठभूमी, वर्तमान अवस्थाका बारेमा जानकारी गराऊनु भएको थियो । अवलोकनका क्रममा शिक्षक रामवृक्ष चौधरीले कक्षाकोठाको अवलोकन गराई सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम नवलपुर जिल्लाको कावासोती न.पा. १५ स्थित अमलटारी मध्यवर्वी सामुदायिक होमस्टेयको अवलोकन कार्य सम्पन्न भएको छ । जस अन्तर्गत थारू आदिवासीको सत्कार, खानपिन तथा पुरानो भेषभूषा सहितको सांस्कृतिक गित तथा नृत्य समेतको अवलोकन गरिएको बताइएको छ ।
त्यस्तै हेटौडा उपमहानगरपालिका १३, पदमपोखरी मकवानपुर ३ नं. प्रदेश अन्तर्गतको एउटा नमुना महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन भ्रमण गरिएको थियो । जस संस्थाबाट सहकारीको पृष्ठभूमी, वर्तमान अवस्था, चुनौती र उपलब्धिका विषयमा संचालक समितिका पदाधिकारीहरुले प्रोजेक्टर मार्फत जानकारी गराउनुभयो । कार्यक्रममा वडा अध्यक्ष भिम बहादुर केसीलाई सम्मानपत्र प्रदान गरिएको थियो । अर्कोतर्फ मकवानपुरको थाहा नगरपालिका वडा नं. १० स्थित कृषिफर्मको अवलोकन गर्दै कुलेखानी जलविद्युत आयोजनाको भ्रमण समेत गरिएको थियो ।
त्यस्तै जेठ २७ गते तेस्रो दिन काठमाडौंको दक्षिणकाली मन्दिर तथा चन्द्रागिरी मन्दिरको दर्शन गरी अवलोकन भ्रमण कार्यक्रम समापन गरिएको थियो । तत पश्चात कार्यक्रमको समिक्षा समेत गरिएको थियो ।
अवलोकन तथा भ्रमण कार्यक्रम शितगंगा न.पा. ९ का वडा अध्यक्षको अध्यक्षतामा वडा सदस्य, वडामा स्थित विद्यालयका अध्यक्ष तथा प्रअ, महिला सहकारी तथा समूहका अध्यक्ष तथा सचिव, सफल कृषक लगाएत बुद्धिजिवी गरी ३६ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५ मंगलबार ००:००  १ : ४९ बजे