६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

प्लास्टिक झोला रोक्ने प्रतिबद्धता नारामै सीमित



शिवलाल सुवेदी, गुल्मी ।
प्लास्टिक झोला रोक्ने उद्योग वाणिञ्य सघंको घोषणा नारामा मात्र सीमित भएको छ । सदरमुकाम तम्घासमा प्लास्टिक झोला फोहोरमैला ब्यवस्थापनको सवैभन्दा बढी टाउको दुखाईको बिषय बनेपछि गुल्मी उद्योग वाणिञ्य सघंले केह बर्ष अगाडि प्लास्टिक झोला रोक्ने निर्णय गरेको थियो ।

सहरको सौन्र्दयनै बिग्रने, बजारमा दुर्गन्ध बढाउने तथा नकुहिने प्लास्टिकको झोलाको प्रयोगले वातावरण प्रदुषित भएको भन्दै सघंले गुल्मीमा प्लास्टिक झोला प्रतिबन्ध गरेको हो । वाणिञ्य सघंको उक्त निर्णयले केही समय निरन्तरता पाउदाँ सदरमुकाम तम्घासको फोहोरमैला ब्यवस्थापन भएको थियो । सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकाले पनि फोहोरमैला भनेकै प्लास्टिक भएको बताएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५ मंगलबार ००:००  १ : ५२ बजे