६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गुल्मी र अर्घाखाँची जोड्ने पक्की पुलको उद्घाटन



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मी र अर्घाखाँची जिल्ला जोड्ने पक्की पुलको उद्घाटन गरिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड नम्बर १० र अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ को बीचमा पर्ने रैया खोलामा पक्कि पुलको निर्माण सम्पन्न भएपछि शुक्रवार एक कार्यक्रमका बीच पुलको उद्घाटन गरिएको छ ।
उपभोक्ता समिति मार्फत दुई बर्षमा ३५ लाखको लागतमा पुलको निर्माण गरिएको हो । पुल निर्माण भएसँगै दुवै जिल्लावासिलाई ओहोर–दोहोर गर्न सहज भएको छ । पुलको शुक्रबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाल र छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पक्कि पुलले गुल्मी र अर्घाखाँची बीच मितरी साइनोको जस्तै काम गर्ने बताए । सबै ठाउँमा ठेकेदारले काम लिने र नगर्ने प्रवृत्तिलाई यस कामले भने चुनौति दिएको उनले बताए ।
‘दुई बर्षमै उपभोक्ता समितिले पक्कि पुल बनाउनु चानचुने कुरा होइन उनले भने, ‘विकासमा जनसहभागिता आवश्यक छ ।’उनले सबै छिमेकी जिल्लाहरुसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्दै विकासका काममा मिलेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे । ‘विकासका काममा हामी सधै हातेमालो गर्न चाहान्छौ, हातमा हात र साथमा साथ दिन तयार छौ ।’ मेयर भुसालले भने, ‘सहकार्य्बिना विकास असम्भव छ ।’ उनले आफू जनताको समस्यासँग नजिक रहेको भन्दै प्रत्येक विकासका कामहरुलाई द्रुतदरमा अगाडी बढाउने समेत आश्वासन दिए ।
त्यस्तै छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले त्यस पुलले सबैभन्दा बढी छत्रदेव गाउँपालिकाको आर्थिक विकासको ढोका खुलेको बताए । रैया खोलामा निमार्ण सम्पन्न पुलमार्फत सिधै रेसुङ्गा बिमानस्थलमा जान सकिने भएकोले छत्रदेव बासिले पुलको बढी उपयोग गर्ने बताए ।
‘पुलले गर्दा अर्घाखाँचीले पनि रेसुङ्गा बिमानिस्थलसँगको दुरी अझ धेरै छोट्याएको छ उनले भने, ‘विकासका काममा हातेमालो गर्न तयार छौ ।’ उनले पनि रेसुङ्गा नगरपालिकासँग विकासमा सधै एक हुन चाहेको प्रष्ट पारे । त्यसका साथै रेसुङ्गा नगरपालिका र छत्रदेव गाउँपालिका जोड्ने दुई वटा पुलको समेत सर्वे भइसकेको उनले कार्यक्रममा जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  ३ : ०६ बजे