२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प



दाङ ।
दाङको देउखुरीमा रहेको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा बन्द भएको छ । अस्पतालमा नागरिकको अत्यावश्यक सेवाको रूपमा रहेको एम्बुलेन्स, एक्सरे र शवबाहन सेवा अवरुद्ध हुदा सेवाग्राहीलाई सास्ती भएको हो ।

गएको असार ३२ गते पूर्व जानकारी र कर्मचारीको व्यवस्थापन बिना तत्कालीन अस्पताल व्यवस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशमा अस्पतालमा करारमा रहेका ९ जना कर्मचारीलाई एकै चोटी अवकाश दिएपछि लमही अस्पतालमा कर्मचारीको अभावमा तीन वटै सेवा बन्द भएको हो ।

हालसम्म पनि अस्पतालमा आवश्यक जनशक्ति पदपूर्ति नहुदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिमलेश कुमार गुप्ताले बताउनुभयो । करारमा रहेका कर्मचारीले छोड्नु परेमा वा हटाउनुपर्ने अवस्था आएमा १५ दिनभित्र जानकारी दिनुपर्ने करार सम्झौता भए पनि आफूहरूलाई जानकारी बिना नै करार अवधि सकिएको पत्र थमाइएको अवकाश प्राप्त एक कर्मचारीले बताउनुभएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  २ : ०२ बजे