१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नबिनले ल्याए नयाँ तीज भाका “कस्तो आयो जमाना”



थानेश्वर अधिकारी ।
समाजको यथार्थतालाइ गीतमा उतार्न सिपालु गायक नबिन पौडेलले पछिल्लो समयमा अर्को गीत बजारमा ल्याएका छन् । “आफ्नै मान्छे जहिलेनी टाटाढा बन्ने, बुटवल तिरै भएनी धरान छु भन्ने दुँनियालाई चाहिनी कस्तो आयो मोबाइलको जमाना पनि जेबोल्ननी पाइनी कस्तो आयो ईन्टरनेटको जमाना पनि जे हेर्ननी पाइनी“ “कस्तो आयो जमाना“ बोलको गीत मार्फत यथार्थता पस्किन खोजिएको छ। आधुनिकता र प्रबिधिमा भैरहेको बिकास ले समाज लाई कति असर गरेको छ र कति सपोर्ट गरेको छ भन्ने कुरा गीत मा दर्साइएको छ। त्यसो त नवीन समयसापेक्ष र यथार्थपरक गीतका पर्याय नै हुन। यश अघि “फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो“ बजार मा ल्याएर निक्कै नै सफलता हासिल गरेका पौडेल को यो कस्तो आयो जमाना बोलको गीत तीजको अबसर मा निकालिएको हो । यश गीतमा नबिन पौडेल र कोपिला गौतम को स्वर सुन्न सकिन्छ ।
शब्द सङ्गीत स्वयम् नवीन पौडेलको रहेको छ भने म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन । नब मोडल रबिन्द्र पन्त र रिना थापामगरले अभिनय गरेको भिडियो पदम सुबेदिले सम्पादन गरेका हुन् । यो गीतलाइ रक्षा म्युजिकले बजार ब्यबस्थापन गरेको छ । गीत निक्कै ब्यबहारिक र यथार्थपरक बनेको पृज्म रेकर्डिङ का ध्वनी सम्पादक श्यामस्वेत रसाइलिले बताए। नवीन का सबैजसो गीतहरु युट्युबमा हेर्न सकिन्छ ।
उनका यस अघिका गीतहरु समाजलाइ चेतना जगाउने खालका छन “के सम्झनु छर जान्न मत त्यो घर“ हरेक “जातजाति छौँ नानाथरी“ “यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा“ “ए हजुर सुन्नुभाछर“ “आजै भेट भाको सिन्धुली आको म परेँ पाल्पाको“ “श्रीनगर बतासे डाडैमा“ “दुखका दिन गए“ “नया पार्टी खोल्छु“ “सत्य खान्छु कसम“ “बुलाकी झुम्काना“ लगायतका गीतहरुले निक्कै सफलता हासिल गरेका छन् । पौडेल प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष समेत हुन । स्टेज प्रस्तुतिमा निक्कै नै अब्बल नवीन भर्खर युरोपको साङ्गीतिक कार्यक्रम सकेर नेपाल फर्किएका हुन् ।

यस्तो छ गीत

प्रकाशित मिति : ९ भाद्र २०७५ शनिबार ००:००  १२ : ५७ बजे