८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अविरल बर्षाले कपिलवस्तुको वाणगंगा क्षेत्र जलमग्न [भिडिओ]



विहीबार साँझ देखि परेको अविरल बर्षाको कारण कपिलवस्तुको वाणगंगा क्षेत्र जलमग्न भएको छ । निरन्तरको मुसलधारे बर्षाले बर्षौ देखि डुब्न नसकेको वाणगंगाका अधिकांश क्षेत्र डुबानमा परेका हुन् । ०७२ सालमा यस्तै प्रकारको डुबानमा वाणगंगा परेको थियो । तर, ०७२ यताको सबैभन्दा ठूलो बर्षा विहीबार र शुक्रबार भएको छ ।

अव्यवस्थित बजारीकरण र खेतीयोग्य जमीनको खण्डिकरण हुँदै घर घडेरीमा रुपान्तरण भएको भूमिमा बर्षाले नराम्रोसंग वितण्डा मच्चाएको छ । ढल निकास गर्ने ठाउँ नै पुरेर घर बनाउँदा सबैभन्दा बढी समस्या देखिएको छ । पानीको निकास जाने ठाउँ नहुने घरमा बाढी पसेको छ ।

वाणगंगाका ओदारी, बैरिया, बठानपुर, चारनम्बर लगायतका ठाउँ जलमग्न भएका छन् । रातभर बर्षा हुँदा वाणगंगाबासी त्रासमा छन् ।
शुक्रबार विहानसम्म बर्षाले कुनै मानवीय क्षति नगरे पनि लाखौंको भौतिक क्षति गराएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८ शुक्रबार ००:००  ३ : ३८ बजे