१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीन सातादेखि हराइरहेका वृद्धको शव भेटियो



गुल्मी ।
गुल्मीमा गएको तीन सातादेखि हराइरहेका एक वृद्धको मंगलबार सडेको शव फेला परेको छ ।
गएको साउन २२ गते कसैलाई पनि जानकारी नदिई सुटुक्क घरबाट निस्केका गुल्मी चन्द्रकोट गाउँपालिका–३, हर्राचौरका ७२ वर्षीय पदमबहादुर थापाको शव त्यसै वडाको गरगरे भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घरबाट अचानक निस्केपछि एकाएक हराई रहेका थापाको खोजी कार्यका लागि उनका आफन्तहरुले स्थानीय प्रहरीमा निवेदन दिएका थिए ।
लामो समयसम्म पनि प्रहरी र स्थानीयबासीले थापाको खोजी कार्य गर्दै जाने क्रममा सोमबार अपरान्ह जंगलमा सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताउनुभयो ।
स्थानीय जंगलमा दुर्गन्ध फैलिएपछि खोजी गर्दै जाने क्रममा निक्कै नै सडेको अवस्थामा शव फेला परेको हो ।
फेला परेको शव थापाको नै भएको उनका आफन्तहरुले पुष्टि गरेका छन् । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एक टोली मंगलबार नै घटनास्थलतर्फ पठाइसकेएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०७५ मंगलबार ००:००  १ : १२ बजे