२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सर्पले टोक्यो ! के गर्ने ? के नगर्ने ?



एजेन्सी ।
गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन् । तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ ।
अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन् । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन् । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन् । अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन् ।
के गर्ने ?
तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ । टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ ।
सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ ।
सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला ।
टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ ।
कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला ।
आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।
सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला ।

के नगर्ने ?
सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।
टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला ।
टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ ।
टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला ।
एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ ।
टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।
स्रोत स् सीडीसी, अमेरिका

प्रकाशित मिति : १२ भाद्र २०७५ मंगलबार ००:००  १ : ३७ बजे