१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सल्यानमा घर भत्किदा एकै परिवारका ५ जनाको ज्यान गयो



सल्यान ।

सल्यानमा घर भत्किदा एकै परिवारका ५ जनाको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका ५ जनाको ज्यान गएको हो ।

 

मंगलबार राति ९ बजे तिर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका ६ जना मध्ये ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

बुवा आमा सहित २ छोरी र १ छोराको ज्यान गएको छ । ज्यान जानेमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी दुई छोरी ७ वर्षीय गंगा विक, ६ वर्षीय प्रमिला विक र ४ वर्षका छोरा रुपलाल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

 

घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा परिवारसँगै सुतेकी रामसिंहकै अन्दाजी ११ वर्षीया छोरी सुनिता विक घाईते भएकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७५ बुधबार ००:००  २ : १० बजे