११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ



बुटवल ।
विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल पक्राउ परेका छन् ।
बुटवल उपमहानगरपालिका—११ नहरपुर स्थित ज्ञानपुञ्ज सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूलको छात्रावासकी १० कक्षामा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको हो । वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
पौडेलले आफ्नै स्कुलको होस्टेलमा बस्दै आएकी कक्षा १० मा अध्ययनरत एक छात्रामाथि अभद्र व्यबहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावकले लगाएका छन् ।
‘घटनाको वास्तविकताबारे विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ’, प्रहरी निरीक्षक थापाले भने । प्रहरी निरीक्षक थापाले दुवै पक्षलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
छात्राले आफ्ना आमाबाबुसँग दुर्व्यहारबारे बताएपछि स्थानीय बासिन्दाले बिहानैदेखि नाराबाजी र प्रदर्शन गरेका थिए । आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोड प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो । अहिले विद्यालय बन्द भएको छ ।
अर्कातिर आरोपित पौडेलले फसाउने षडयन्त्र गरिएको बताएका छन् । उनले आफूमाथि लागेको आरोप बिल्कुलै गलत भएको बताउँदै अभिभावहहरुले कुनै गुनासो नगरी केही मान्छेको उक्साहटमा परेर फसाउन खोजिएको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  २ : २९ बजे