१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशभर ठूलो पानी पर्ने सम्भावना



काठमाडौं ।
विहीबार उपत्यकासहित देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार विहीबार सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ ।
मनसुन त्यति सक्रिय नभए पनि अस्थायी न्युनचापीय रेखा देखिएकाले विहीबार तुलनात्मक रुपमा ठूलो पानी पर्ने सम्भावना भएको हो । अहिले पूर्व र मध्य क्षेत्रमा त्यसको प्रभाव धेरै परेको छ । दिउँसो र राति पश्चिमी क्षेत्रमा यसको प्रभाव धेरै पर्ने मौसमविद् रिमालको भनाइ छ । मौसमविद रिमालका अनुसार अझै एक दुई दिन मौसम यस्तै रहनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  २ : ४२ बजे