१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारत हुँदै तेस्रो मुलुक हिडेका २ सय ७९ महिलाको उद्धार



मायादेवी अनलाइन, कृष्णनगर ।
सीमानाका कृष्णनगरबाट दलालको प्रलोभनमा परि भारत संगै तेस्रो मुलुक जान हिडेका २ सय ७९ महिलाको उद्धार गरिएको छ । मानव बेचविखनको क्षेत्रमा सीमानाकामा रही काम गर्दै आएका शान्ति पुर्नस्थापना गृह र केआई नेपाल नामक गैरसरकारी संस्थाले यी महिलाको उद्धार गरेका हुन् । दलालले विभिन्न प्रलोभन दिएर गैरकानुनी र असुरक्षित तरिकाले भारत र तेस्रो मुलुक लैजान लागेका बेला यी दुई संस्थाले महिलाहरुलाई सुरक्षित गराएका हुन् । आव २०७४÷०७५ मा शान्ति पुर्नस्थापना गृहले १ सय ५२ र केआई नेपालले १ सय २७ जना महिलाको उद्धार गरेका हुन् । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाईएको थियो । गत आवमा घरबाट भागेर र धेरै धन कमाउने प्रलोभनमा परेर उनीहरु जान लागेका थिए ।

त्यस्तै कतिपयले नक्कली विवाह गरेको कागजात देखाई भारत जान लागिरहेको बेला उद्धार गरेको गृहका संयोजक भूमिराज भट्टराईले बताए । उद्धार गरिएका मध्ये ८२ जनालाई गृहले उनीको अभिभावक बोलाएर बुझाएको भट्टराईले बताए । थप बुझ्नु पर्ने भएका ६८ जनालाई गृहले प्रहरीलाई बुझाएको थियो । पछि प्रहरीले उनीहरुको अभिभावक बोलाएर बुझाएको थियो । ‘उक्त अवधीमा ३ जनालाई भारतका विभिन्न ठाउबाट उद्धार गरि ल्याऔं गृहका कार्यक्रम संयोजक भटराईले भने’, “त्यसपछि सकुशल परिवारमा पुर्नस्थापना गरायौं ।” उद्धार गरिएका मध्ये कपिलवस्तु, प्युठान र दाङमा ५ वटा मानव बेचविखन बिरुद्धको मुद्दा चलेकोछ । जसमा चार जनाले सजाए पाएका छन् । उद्धार गरिएका मध्ये अभिभावकले स्विकार नगरेका एक युवतीलाई गृहले आफ्नै पुर्नस्थापना गृहमा राखेर पुर्नस्थापना गरेकोछ । रोजगारीको शिप दिएर उनीलाई समाजमा पुर्नस्थापना गर्ने संयोजक भटराईले बताए ।

गृहले सीमा नाका कृष्णनगरमा ३ हजार २ सय ५६ महिलालाई मानव बेचबिखन तथा ओसारप्रसार विरुद्ध परामर्श दिएको छ । ‘अनेक रुपमा दलाल आउँछन् उनले भने, उनीहरुलाई बेलैमा पहिचान गरि सजग हुनु पर्छ ।’ यसमा अभिभावकको उत्तिकै भूमिका हुन्छ, लहलहैमा लाग्न दिनु हुदैन् । बरु यसबारे सचेत नागरिकलाई सोधेर मात्र अघि बढनु पर्छ उनले भने ।

त्यस्तै उक्त अवधिमा केआई नेपालले कृष्णनगर नाकाबाट १ सय २७ महिला तथा बालिकालाई उद्धार गरेकोछ । सीमा नाकाबाट बाहिरिने बेला उनीहरुको गतिविधि माथि शंका लागि सोधपुछ गर्दा गलत तरिकाले गईरहेकाले पाईएकाले तत्काल उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये १४ जनालाई चितवनमा रहेको केआई नेपालको सुरक्षित आवास गृह संरक्षणमा राखिएकोछ । परिवारले पुनःस्थापना गर्न नमानेका, गरिव विपन्न रहेकालाई संरक्षणमा राखिएकोछ । उनीहरुलाई जिविकोपार्जनका लागि शिप दिई पछि समाजमा पुर्नस्थापना गरिनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  २ : ५९ बजे