१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जगदीशपुरको मुहार फेरिदै, बन्यो भ्यु टावर !



मायादेवी अनलाइन, कपिलवस्तु ।
पर्यटकीय विकासका लागि बिश्व सीमसार क्षेत्रमा सुचीकृत जगदीशपरु तालमा भ्यु टावर निर्माण गरिएको छ । तालमा पर्यटकहरुलाई तान्न भ्यु टावर निर्माण गरिएको हो । जगदीशपुर जलाशय ब्यवस्थापन बहुसरोकारवाला मन्चको अगुवाईमा तालको पश्चिम पट्टी भ्यु टावर निर्माणको गरिएको छ । करिब १२ लाखको लागतमा टावर निर्माण भएको मन्चका सदस्य अब्दुल रसिद खाँले बताए । अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसियन) को तर्फबाट ३ लाख ८५ हजार, तत्कालिन निग्लिहवा गाबिसबाट ७ लाख र अन्य स्थानीयको लगानी गरि १२ लाख लागतमा भ्यू टावर निर्माण गरिएको खाँले जनाए । भ्यु टावर निर्माण भए पछि पर्यटकहरुले टावरमा चढेर तालमा रहेको चराहरु बाईना कुलरले हेर्ने ब्यवस्था मिलाउने तयारी गरिएको खाँले जनाए ।
टावर ३० जना मानिस अट्ने गरि निर्माण गरिएको छ । पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, आधुनिक विकास, गन्तव्य पहिचान र प्रवद्र्धन सहित बजारीकरणका लागि एकीकृत र व्यवस्थित गर्न आवश्यक भएको मंघका सदस्य ललित गुरुङले बताए । यस्तै ताल अवलोकनका लागि आउँने पर्यटकलाई मध्यनजर गरि पिकनिक स्पटको समेत निर्माण गरिएको छ ।
१ सय ५७ हेक्टरमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । नेपालमा पाईने ८ सय ७९ चराहरु मध्ये यहाँको तालमा १ सय ६७ बढी प्रजातिका चरा पाईन्छन् । यस्तै ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाईने पंछी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । बिश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चराहरु पनि देख्न पाईन्छ ।
तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाईने बरिष्ठ चराबिद् डा. हेमसागर बरालले बताए । ताल नेपालमा पाईने २७ प्रजातिका चराका लागि महत्बपुर्ण क्षेत्रका रुपमा रहेको छ । ताल पर्यटकीय र जैबिक बिबिधताले निक्कै महत्बपुर्ण छ । एकै ठाउँमा धेरै प्रजातिका चरा पाईन ठाउ समेत यही ताल हो ।

प्रकाशित मिति : १६ भाद्र २०७५ शनिबार ००:००  १ : २४ बजे